आईपीएल : मुम्बई इन्डियन्ससँग बैंगलोर ७ विकेटले पराजित

हिमाल प्रेस ३० चैत २०८० ६:३३ | Friday, April 12, 2024
आईपीएल : मुम्बई इन्डियन्ससँग बैंगलोर ७ विकेटले पराजित

काठमाडाैँ-  पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) मा आफ्नो विजयी यात्रामा फर्किएको छ। टोलीले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ७ विकेटले पराजित गरेको हो। तेस्राे हारपछि मुम्बईको यो लगातार दोस्रो जित हो भने बेंगलाेरले लगातार चौथो खेलमा हार बेहोरेको छ। यो सिजनमा बैंगलोरको समग्रमा पाँचौं हार हो।

बिहीबार मुम्बईको वानखेडे स्टेडियममा आयोजक टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो। फास्ट बलर जसप्रित बुमराह प्लेयर अफ द म्याच भए। उनले २१ रन दिएर ५ विकेट लिए।

खेलाडीको प्रदर्शन

आरसीबीका कप्तान फाफ डु प्लेसिस (६१ रन), रजत पाटीदार (५० रन) र दिनेश कार्तिक (अनटआउट ५३)ले अर्धशतक बनाए पनि आफ्नो टोलीको स्कोर २०० भन्दा माथि लैजान सकेनन्।

विराट कोहली ३ रन बनाएर आउट भए, डेब्यु गरेका विल ज्याक ८ रन बनाएर आउट भए भने ग्लेन म्याक्सवेल र महिपाल लोमरर खाता नखोलेर प्याभिलियन फर्किए। जसप्रित बुमराहले ५ विकेट लिए। उनीबाहेक गेराल्ड कुटिज,आकाश मधवाल र श्रेयस गोपालले एक–एक विकेट लिए।

जवाफी इनिङ्समा इशान किशन (६९ रन) र रोहित शर्मा (३८ रन) ले मुम्बईलाई विस्फोटक सुरुवात गराए। दुवैले ५३ बलमा शतकको ओपनिङ साझेदारी गरेका थिए। यसबीचमा सूर्यकुमार यादवले १९ बलमा ५२ रनको शानदार इनिङ खेले। उनले २७३.६८ को स्ट्राइक रेटमा रन बनाए। सूर्यले ५ चौका र ४ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले ६ बलमा अविजित २१ रन बनाए।

प्रकाशित: ३० चैत २०८० ६:३३ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast