आईपीएल : पन्जाबमाथि गुजरात हाबी, बैंगलुरुमाथि कोलकताको १ रनको जित

हिमाल प्रेस १० वैशाख २०८१ ६:३१ | Monday, April 22, 2024
आईपीएल : पन्जाबमाथि गुजरात हाबी, बैंगलुरुमाथि कोलकताको १ रनको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ।

पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो। गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे।

यस्तै कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे। रिद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे। पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १४२ रनमा समेटियो। पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे। यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए।

गुजरातका साई किशोरले ५ विकेट लिए। मोहित शर्मा र नूर अहमदले २-२ र रसिद खानले १ विकेट लिए।

आइतबार नै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्ज बैंगलुरुमाथि १ रनको रोमाञ्क जित निकाल्यो।​

जितपछि गुजरात ८ खेलमा ८ अंक सहित छैटौं र पन्जाब ८ खेलमा ४ अंक सहित नवौं स्थानमा छ।

आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन भिड्ने छन्।

प्रकाशित: १० वैशाख २०८१ ६:३१ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast