आईपीएल : दिल्लीसँग लखनउको हार

हिमाल प्रेस १ वैशाख २०८१ ७:२५ | Saturday, April 13, 2024
आईपीएल : दिल्लीसँग लखनउको हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई ६ विकेटले पराजित गरेको छ।

लखनउले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए। लखनउका बलर रवि विश्नोईले २ विकेट लिए।​

त्यअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो।

दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए।

दिल्लीको यस सिजनमा यो दोस्रो जित हो। प्रतियोगितामा आज राजस्थान रोयल्यस र पञ्जाव किङ्स भिड्नेछन्।

प्रकाशित: १ वैशाख २०८१ ७:२५ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast