अर्थसचिवमा मरासिनी, पुष्कर प्रधानमन्त्री कार्यालयमा

हिमाल प्रेस १० वैशाख २०८१ १३:२८ | Monday, April 22, 2024
अर्थसचिवमा मरासिनी, पुष्कर प्रधानमन्त्री कार्यालयमा मरासिनी

काठमाडौँ- अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिपद्को बैठकले अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थसचिवलाई सरुवा गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मरासिनी यसअघि उद्योग मन्त्रालयमा थिए।

हाल अर्थसचिव रहेका डा कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

नेसनल पेमेन्ट खरिद प्रकरणमा मरासिनीले सफाइ पाएका हुन्। मरासिनी अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो ।

प्रकाशित: १० वैशाख २०८१ १३:२८ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast