अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले माग्यो कार्यकारी निर्देशक [सूचनासहित]

हिमाल प्रेस २ वैशाख २०८१ ८:५६ | Sunday, April 14, 2024
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले माग्यो कार्यकारी निर्देशक [सूचनासहित]

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकको आवेदन खुल्ला भएको छ।

सहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकबाट आजको मितिले २१ दिनभित्र आवेदन आह्वान गरेको छ।

कार्यकारी निर्देशक पदका लागि सहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन निर्देशिका २०७६ को दफा ३ मा उल्लेख भएबमोजिमको योग्यता हुनुपर्ने छ।

निर्देशिकाको दफा ३ मा इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको शैक्षिक योग्यता तोकिएको छ।

प्रकाशित: २ वैशाख २०८१ ८:५६ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast