 
                             
                                            काठमाडौँ- लोकप्रिय गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो दिलको बास’ गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। आइतबार सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको भिडियो एरेन्ज कमल सौरागले गरेका हुन्। गीतको भिडियोमा शील्पा पोखरेल र अनुप जंग थापाले फिचरिङ गरेका छन्।
एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। सम्पादन मीन रावल र छायाँकन मुकेश हुमागाईंले गरेका हुन्।
                            प्रकाशित: २ वैशाख  २०८१ १९:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 