अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई कारबाही गरिने

हिमाल प्रेस ३ वैशाख २०८१ १०:१६ | Monday, April 15, 2024

काठमाडाैँ- कैलालीकाे धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमतिपत्र नभएकालाई अध्यापन गर्न लगाइएको भए नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी १० गतेभित्र अवकाश गर्न सबै विद्यालयलाई निर्देशन दएको छ।

उपमहानगरपालिकाले शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीको पत्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो।

सोसँग संलग्न उजुरी एवं आयोगको कार्यालय निर्देशानुसार सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षकको विवरण संकलन गरी पढाउन निर्देशन दिएको छ।

प्रकाशित: ३ वैशाख २०८१ १०:१६ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast