काठमाडौँ- वेब सिरिज ‘यौटा सपनाको अवसान’ ट्रेलर सार्वजनिक गरिएको छ। गत वर्ष मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’लाई वेब सिरिजमार्फत देखाउन लागिएको हो।
नाटकमा आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गरिएको छ। नाटकमा नाट्कर्मी दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोयदीप श्रेष्ठ, विकाश जोशी, शेखर चापागाईंको अभिनय छ।
नाटकका निर्माता गोविन्द पराजुली हुन्। वरिष्ठ नाट्य निर्देशक अनुप बरालले निर्देशन गरेको नाटकमा न्ह्यु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहनेछ। ७ भागमा प्रसारण हुने सिरिज कान्तिपुर सिनेमाजमा प्रसारण हुनेछ।
सिरिज गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सको ब्यानरमा निर्माण भएको छ।
प्रकाशित: ३० चैत २०८० २१:२२ | Friday, April 12, 2024
प्रतिक्रिया





