उपनिर्वाचनमा यी कागजात भए पाइन्छ भोट हाल्न

हिमाल प्रेस १० वैशाख २०८१ १७:१६ | Monday, April 22, 2024
उपनिर्वाचनमा यी कागजात भए पाइन्छ भोट हाल्न फाइल तस्बिर

काठमाडौँ- इलाम २ को प्रतिनिधिसभा र बझाङ १(१) प्रदेशसभा उपचुनावमा मतदाता नामावली सूचीमा नाम रहेका व्यक्तिले कुनै पनि सरकारी परिचयपत्र भए मतदान गर्न पाउने भएका छन्। यी दुई क्षेत्रमा यही १५ वैशाखमा उपचुनाव हुँदै छ।

निर्वाचन आयोगले मतदाता परिचयपत्रसम्बन्धी निर्णय गर्दै सरकारले जारी गर्ने कुनै पनि परिचयपत्र भए मतदान गर्न पाउने व्यवस्था गरेको हो।

आयोगले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्‍कल प्रमाणका आधारमा मतदान गर्न दिने निर्णय गरेको हो।

प्रकाशित: १० वैशाख २०८१ १७:१६ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast