एमाले-माओवादी समीकरण तत्काल टुट्दैन : कानुनमन्त्री गिरी

हिमाल प्रेस १३ चैत २०८० २०:२८
8
SHARES
एमाले-माओवादी समीकरण तत्काल टुट्दैन : कानुनमन्त्री गिरी

पर्वत- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन्।

नेकपा एमाले जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै उनले दुई ठूला कम्युनिषस्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए।

मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताए।

उनले भने, ‘नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन तत्काल टुट्दैन।’

एमाले केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गिरीले एमाले पर्वतको दसौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्नसमेत सुझाव दिएका छन्।

प्रकाशित: १३ चैत २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast