
काठमाडौँ- सांसदहरूले विद्यालय शिक्षा विधेयक-२०८० लाई संशोधन गर्दा सरकारले शिक्षक तथा कर्मचारीसँग भएका सहमतिको पालना गर्नुपर्ने बताएका छन्।
समितिको सभापतिमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पुनः छलफल प्रारम्भ भएको हो।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकका संशोधनकर्ता सांसदहरूले थरीथरीका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह पनि गरे।
बैठकमा संशोधनकर्ता सांसदहरू दीलेन्द्रप्रसाद बडू, शेरबहादुर केसी, चित्रबहादुर केसी, सूर्यमान दोङ, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद पाण्डेलगायतले लामो समयको अन्तरालपछि शिक्षा विधेयक आएको बताउँदै शिक्षक–कर्मचारीका माग समेटेर गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।