काठमाडौँ- सुनकोशी नदीमा बेपत्ता भएका बालबालिकाको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ।
आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए।
आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो।
सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: १२ चैत २०८० ८:४८
प्रतिक्रिया