
काठमाडौँ– नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन्।
यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। उनी एमाले बझाङ जिल्ला अध्यक्ष हुन्। आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ। त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ।
प्रकाशित: ११ चैत २०८० १४:५४
प्रतिक्रिया