प्रधानमन्त्रीले डाके संवैधानिक परिषद्को बैठक, यस्ता छन् छलफलका एजेन्डा

हिमाल प्रेस ११ चैत २०८० १४:१६
60
SHARES
प्रधानमन्त्रीले डाके संवैधानिक परिषद्को बैठक, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक डाकेका छन्। दाहालले सोमबार बस्ने गरी बैठक बोलाएका हुन्। उक्त बैठकले लामो समयदेखि रिक्त महालेखापरिक्षक नियुक्त गर्ने सम्भावना छ। त्यस्तै
नयाँ सत्ता समीकरण बनेपछिको बैठकमा संवैधानिक पदमा रिक्त रहेका पदहरूमा पदपूर्ति हुने सम्भावना पनि छ।

संवैधानिक परिषद्ले नियुत्त गर्ने संवैधानिक पदहरूमा पदाधिकारीहरू रिक्त छन्। गत १८ साउनको बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

२०८० जेठ ७ गते महालेखापरीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन छ। राजनीतिक दलहरूबीच संवैधानिक नियुक्तिमा सहमति नजुटेका कारण महालेखापरीक्षक नियुक्ति हुन नसकेको हो।

एमाले अध्यक्ष केपी ओलीले संवैधानिक नियुक्ति प्याकेजमा गर्ने अडान राखेपछि गत साउनको संवैधानिक परिषद् बैठकमा सहमति जुटेको थिएन। अहिले एमाले सत्तापक्ष भएपछि परिषद् वैठकमा उनको उपस्थिति रहने छैन।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन्। प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा अब कांग्रेस सभापति शेरबहादुर देउवा परिषद् बैठकमा उपस्थित हुनेछन्।

प्रकाशित: ११ चैत २०८० १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast