गृहमन्त्री भन्छन्, प्रतीक्षा गर्नुहोस्, तीनै थरीका माछा समातिनेछन्

हिमाल प्रेस १० चैत २०८० १६:५५ | Saturday, March 23, 2024
गृहमन्त्री भन्छन्, प्रतीक्षा गर्नुहोस्, तीनै थरीका माछा समातिनेछन् रवि लामिछाने

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले नागरिकले दिएको शक्तिका अगाडि कुनै पनि माछाको केही नलाग्ने बताएका छन्। उनले भ्रष्टाचार आरोपितलाई पक्राउ गर्न आफूले कुनै कसर नराख्ने प्रतिबद्धता जनाउँदै यस्तो अभिव्यक्ति दिएका हुन्।

मन्त्री लामिछानेले राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘कतिपय माछा बडो चिप्ला हुन्छन् समाउन खोज्दाखोज्दै चिप्लिछन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दाखोज्दै समाउन खोज्दाखोज्दै फुत्त लुकिहाल्छन्। कतिपय माछा जत्रो जाल हाले पनि जाल हेरेर छल्न जान्ने पनि हुन्छन्। जतिसुकै जान्ने माछा हुन्, चिप्ला माछा हुन्, जति सुकै नागरिकले दिएको शक्तिका अगाडि कसैको केही लाग्दैन।’

लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न आग्रह गरे। उनले भने, ‘हामीले त्यसको संकेत देखाइसकेका छौँ।’ लामिछानेले तुरुन्तै निराश नहुन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे। लामिछानेले भने, ‘एउटा मोडमा आत्तिने र अर्को मोडमा मात्तिने गर्‍यौँ भने हामी गन्तव्यमा पुग्दैनौँ।’

प्रकाशित: १० चैत २०८० १६:५५ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast