संसदीय समिति पुगे सूर्यदर्शन सहकारी पीडित

हिमाल प्रेस ८ चैत २०८० १३:४४
संसदीय समिति पुगे सूर्यदर्शन सहकारी पीडित

काठमाडौँ- पोखरास्थित सूर्यदर्शन सहकरीपीडितहरूले रकम हिनामिना गर्नेमाथि कारबाही माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन्। सरकारी संयन्त्रले बेवास्ता गरेको कारण करोडौँ रकम डुबेको भन्दै उनीहरूले संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका हुन्।

सहकारी सञ्चालक समितिका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बाँस्तोला, गोरखा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर निवेदन दर्ता गराएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

केही बेरअघि मात्रै निवेदन परेको सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। ‘पोखराबाट बसमा आउनुभएका साथीहरूले उजुरी दिनुभएको छ।’

‘हामीले गाँस काटेर वचत गरेको रकम कहाँ हरायो? हाम्राे बिचल्नी हुँदा सरकारी पक्ष किन मौन छ?’ निवेदनमा भनेका छन्,’ सहकारीका पीडकहरू काेही खुलेआम हिँड्ने। कोही पक्राउ पर्ने कसरी हुन्छ?’ उनीहरूले जीबी राईलाई पक्राउ गर्न सरकार किन पछि हटेको भनेका छन्।

पीडितले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित अन्य पीडितलाई पक्राउ गर्न अनुरोध गरेका छन्।

प्रकाशित: ८ चैत २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast