काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका चार रिक्त पदमा नियुक्त गरेको छ।
आज बसेको बैठकले योजना आयोगका चार रिक्त पदमा प्रा संगीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने भएको छ।
संवत् २०८० चैत ८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दस जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल-२ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने।
२. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने ।
३. राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने।