काठमाडौँ- ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुईवटा घर जलेका छन्।
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ। बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ।
प्रकाशित: ७ चैत २०८० ८:१६
प्रतिक्रिया