यस्तो छ पाँच दलको साझा संकल्प [पूर्ण पाठसहित]

हिमाल प्रेस ६ चैत २०८० १७:०३ | Tuesday, March 19, 2024
यस्तो छ पाँच दलको साझा संकल्प [पूर्ण पाठसहित] प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्न आयोजित समारोहमा सहभागी प्रधानमन्त्रीसहित शीर्ष नेता। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा मंगलबार उक्त संकल्प सार्वजनिक गरिएको हो।

जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको संकल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ। सत्तारूढ गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी समावेश छन्।

सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ठ मूल्यांकन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य संकल्पमा राखिएको छ।

सो संकल्प पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वाचन गरेका थिए।

प्रकाशित: ६ चैत २०८० १७:०३ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast