काठमाडौँ- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
संसद्को सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए।
उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो।’
उनले भने,‘प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो ।’फासफुस हुने रहेछ ।’
प्रकाशित: ५ चैत २०८० १२:०५
प्रतिक्रिया