बाबुरामबिना नै नेसपाका नेताहरूले माओवादीसँग एकता गर्ने

हिमाल प्रेस ३ चैत २०८० १०:१३
30
SHARES
बाबुरामबिना नै नेसपाका नेताहरूले माओवादीसँग एकता गर्ने

काठमाडौँ-  डा. बाबुराम भट्टराई बाहेक अन्य नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरूले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन्। आज नेसपा र माओवादी केन्द्रका बीच भएको छलफलमा दुवैपक्षबीच पार्टी एकता गर्ने सहमति भएको हो।

सहमितमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।

बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा नेकपा माओवादी केन्द्र को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका थिए।

नेसपाका कार्यकारी अध्यक्ष बाबुराम भट्टराईले माओवादीसँग एकता गर्न तत्काल सम्भव नरहेको बताउँदै आएका थिए। केही दिनअघि मात्रै बाबुरामले पार्टीको बैठक बोलाएका थिए। महिन्द्रपक्षले आपत्ति जनाएको थियो। योसँगै पार्टीमा विवाद चुलिएको थियो। बाबुरामसँग एकता गर्न प्रचण्ड इच्छुक नभएकाले पनि महिन्द्रसँग  मात्र एकता भएको नेताहरू बताउँछन्।

गएको आम चुनावमा महिन्द्रले माओवादीको चुनाव चिह्न लिएर उठेका थिए। उनी सांसद एउटा पार्टीको र नेता अर्काे पार्टीको हुँदा असहज भएको बताउँदै आएका थिए।

प्रकाशित: ३ चैत २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast