तपाईँको राशिफल

हिमाल प्रेस ३ चैत २०८० ५:४६
320
SHARES
तपाईँको राशिफल

आज मिति २०८० चैत्र ३ शनिबार, फागुन शुक्ल पक्ष, सप्तमी तिथि, तदनुसार २०२४ मार्च १६ को तपाईँको राशिफल

मेष : भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाइ लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

वृष : व्यापार व्यवसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाइको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

मिथुन : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।

कर्कट : जागिरमा पदोन्नति हुने समय छ। वौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ।

सिंह : धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

कन्या : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरूले प्रशंसा गर्नेछन्।

तुला : अरूले विश्वास गर्नेछन। केही गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन्।

वृश्चिक : सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

धनु : सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।

मकर : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।

कुम्भ : नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

मीन : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु सुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।

प्रकाशित: ३ चैत २०८० ५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =