सुन तस्करी प्रकरण : सीआईबी प्रमुखमा एआईजी ज्ञवाली, बज्राचार्यको सरुवा प्रहरी प्रधान कार्यालयमा

हिमाल प्रेस २ चैत २०८० १८:२८ | Friday, March 15, 2024
सुन तस्करी प्रकरण : सीआईबी प्रमुखमा एआईजी ज्ञवाली, बज्राचार्यको सरुवा प्रहरी प्रधान कार्यालयमा

काठमाडौँ- सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गरेको छ। यसअघिकी सीआईबी प्रमुख किरण बज्राचार्य सुन तस्करी प्रकरणमा मुछिएका व्यक्तिलाई जोगाएको आरोप उच्चस्तरीय छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएसँगै शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा ज्ञवालीलाई पठाइएको हो।

देशभर हुने ठूला तथा जघन्य अपराध, संगठित अपराध र ठूला आर्थिक अपराधको अनुसन्धान सीआईबीले गर्दै आएको छ। बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरेको छ। यहाँ यसअघि ज्ञवाली कार्यरत थिए।

त्यस्तै सरकारले जाँचबुझ आयोगले सुन तस्करीबारे बुझाएको प्रतिवेदन गम्भीर ढंगले अध्ययन गरी कार्यान्वयन गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: २ चैत २०८० १८:२८ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast