आउँदो चैत ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

हिमाल प्रेस १ चैत २०८० ५:५०
8
SHARES
आउँदो चैत ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री दाहाल

काठमाडौँ। आउँदो चैत ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ । बुधबारको संसद् बैठकमा सभामुख देवराज घिमिरले यसबारे जानकारी गराएका हुन् ।

उक्त दिन प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले भाग लिनेछन् ।

सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका निम्ति चैत २ गते दिउँसो ३ बजेभित्र संसद्का महासचिवमार्फत प्रश्न दर्ता गराउनुपर्ने पनि जानकारी गराए । योपटक ‘समूह नम्बर–४’ मा रहेका सांसदले प्रश्न सोध्न पाउने उनले बताए ।

प्रकाशित: १ चैत २०८० ५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast