एमाले बैतडीको अधिवेशन आज

हिमाल प्रेस २८ फागुन २०८० ५:४४
2
SHARE
एमाले बैतडीको अधिवेशन आज

काठमाडौँ- नेकपा एमालेको जिल्ला अधिवेशन सोमबार (आज)देखि हुँदैछ। पाटनमा आयोजना हुने नवौँ अधिवेशनका लागि तयारी अन्तिम चरणमा छ।

अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए। अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ। अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ।

अधिवेशनमा सबै वडाबाट छ सयभन्दा बढी प्रतिनिधि छनोट भएका उनले जानकारी दिए। उनका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन्।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ। अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका बताइएको छ। अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमालेले जनाएको छ।

पार्टीको नवौँ अधिवेशनमा नेतृत्व लिन नयाँ र पुराना नेता कस्सिएका छन्। अध्यक्षका लागि नरेश विक, हालै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ। निर्वाचन नै हुने स्थिति नआउने नेताहरु बताउँछन्।

एमालेका निवर्तमान सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन विपरीत नहुने भएका कारण सकेसम्म सहमतिबाटै नेतृत्व टुङ्गिने नेताहरु बताउँछन्।

प्रकाशित: २८ फागुन २०८० ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast