चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते

हिमाल प्रेस २६ फागुन २०८० ७:१८
14
SHARES

तनहुँ- देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते भएका छन्।

देवघाट गाउँपालिका-२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी शुक्रबार कालीगण्डकी नदी किनारमा कुशको शव बनाई चितामा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ।

घाइते दुवैको उपचार चितवनस्थित मेडिकल कलेजमा भइरहेको छ।

 

प्रकाशित: २६ फागुन २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =