काठमाडौँ– शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकको सिफारिस गर्न थालेको छ। प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदका लागि फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा प्रकाशन गर्न थालेको हो।
आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको छ।
पहिलो चरणमा ललितपुर, स्याङ्जा, काभ्रेबाट उत्तीर्ण भएका उम्मेदवारका लागि सिफारिस गरिएको आयोगले जनाएको छ।
प्रकाशित: २४ फागुन २०८० २०:४८
प्रतिक्रिया