
काठमाडौँ- नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लेखकले फागुन २१ गते दाहालको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।
दाहालले त्यस दिन आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने र आफूलाई उपयोग गर्न खोज्नेलाई लात्ताले हान्ने अभिव्यक्ति दिएका थिए।
‘लात्ताले हान्ने ? कसले? प्रधानमन्त्रीले, कसलाई हान्ने ? किन हान्ने? कसरी हान्ने ? यो मेरो हो कि देशको दुर्भाग्य हो म त्यो देशको नागरिक र सांसद भएको छु, जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्ने कुरा सिकाउँदै हुनुहुन्छ,’ उनले भने, ‘म प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । यो विषयमा सम्माननीय प्रधानमन्त्रीले जवाफ दिनु होला कांग्रेसलाई जवाफ चाहिएको छ।’
फागुन २१ मा दाहाल कांग्रेससहितको सत्ता गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धनमा लागेका थिए।