टीआरसीमा सहमति जुटाउन संसदीय समितिको बैठक बस्दै, संसद्‍मा पेस गर्ने तयारी

हिमाल प्रेस २१ फागुन २०८० ७:५२
8
SHARES
टीआरसीमा सहमति जुटाउन संसदीय समितिको बैठक बस्दै, संसद्‍मा पेस गर्ने तयारी

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन आज बिहानै संसदीय समितिको बैठक बोलाइएको छ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान पौने आठ बजे बस्दैछ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

हिजो बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विधेयकबारे छलफल भएको थियो। हिजै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो टीआरसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुटै छलफल गरे।

यसैबीच प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालमा विस्तृत शान्ति सम्झौताबाट सुरु भएको शान्ति प्रक्रियाको औपचारिक यात्राले पूर्णता पाउन थालेको बताए। उनले वर्तमान सरकार सरोकारवाला सबै पक्षलाई साथमा लिएर टीआरसीलार्ई तार्किक निष्कर्षमा पुर्‍याउन खटिरहेको बताए।

समितिको बैठक बस्नु केही घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मल्लले राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति निर्माण गर्न गरेको आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यता टीआरसीलाई लिएर प्रधानमन्त्रीले गठबन्धन फेर्न लागेको पनि कुरा आइरहेको छ।

प्रकाशित: २१ फागुन २०८० ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast