सत्ता गठबन्धनको बैठक बस्दै, के प्रचण्डले नयाँ समीकरण बनाउन लागेका हुन्?

हिमाल प्रेस २१ फागुन २०८० ५:५५
26
SHARES
सत्ता गठबन्धनको बैठक बस्दै, के प्रचण्डले नयाँ समीकरण बनाउन लागेका हुन्? सत्तागठबन्धनको बैठक। फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धन बैठक सोमबार (आज) बिहान बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपट चलिरहेका बेला सोमबार बिहान ८ बजे बैठक बोलाइएको हो । गठबन्धनमा चलिरहेको अविश्वास र खटपटका बीच बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनका साथै टीआरसी विधेयक र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । यहीबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच तारन्तार भेटवार्ता भएको विषयलाई पनि अर्थपूर्ण मानिएको छ ।

हिजो साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा मन्त्री रहेकाहरूसँग छलफल गरेका छन् । अपराह्न साढे ३ देखि साँझ साढे ६ बजेसम्म चलेको बैठकमा आठ जना मन्त्री सहभागी थिए । नेताहरू कृष्ण सिटौला र रमेश लेखक पनि बैठकमा थिए ।

कांग्रेसका एक मन्त्रीका अनुसार कांग्रेसले राष्ट्रियसभा अध्यक्ष गुमाए गठबन्धनमै असर पर्न सक्ने अवस्था रहेको छ।

प्रकाशित: २१ फागुन २०८० ५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast