त्रिदेशीय टी-२० शृंखला : नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल

हिमाल प्रेस १९ फागुन २०८० ७:४१
28
SHARES
त्रिदेशीय टी-२० शृंखला : नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौँ- त्रिदेशीय टी-२० शृंखला अन्तर्गत शनिबार(आज) नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।

यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो। यो खेल जितेर नेपाल फाइनलमा पुग्ने प्रयासमा रहनेछ।

पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपालले शुक्रबार आफ्नो तस्रो खेलमा हारको बदला लिएको थियो। नामिबिया ३ रनले पराजित भएको हो। नेदरल्यान्ड्सले यसअघि नामिबियालाई पनि हराएको छ। बिहीबार नामिबियामाथि नेदरल्यान्ड्स हाबी भएको थियो।

नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्दै २४८ रनको विशाल लक्ष्य दिएको थियो।

नामिबियामाथि नेदरल्यान्ड्सले ५९ रनले जितेको थियाे। आज नेदरल्यान्ड्सलाई नेपालले हराउनै पर्ने दबाब छ। दुई खेलमा जित निकालेको नेदरल्यान्डसको ४ अंकसहित उच्च स्थानमा छ भने यता नामिबिया र नेपालको समान २ अंक छ।

 

प्रकाशित: १९ फागुन २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast