६५ नेपालीविरुद्ध इन्टरपोलको रेट नोटिस जारी

हिमाल प्रेस १५ चैत २०८० १४:१८ | Thursday, March 28, 2024
६५ नेपालीविरुद्ध इन्टरपोलको रेट नोटिस जारी प्रहरी प्रवक्ता डीआईजी भीम ढकाल।

काठमाडौँ– प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको ‘रेड नोटिस’ सूचीमा ६५ नेपाली रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले हाल रेड नोटिसमा ६५ र ३४ नेपालीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरिएको बताएका हुन्।

नेपाल प्रहरीले रेड नोटिस जारी गरिएका १३ जनालाई नेपाल झिकाएको पनि बताएको छ।

त्यस्तै पछिल्लो एक वर्ष देशभरबाट ५९ हजार ६१ वटा उजुरी प्रहरीसमक्ष परेको ढकालको भनाइ छ। देशभरका २२१ मुद्दा चल्ले कार्यालयमा उक्त उजुरी परेको डीआईजी ढकालले बताए।

तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर मुद्दामा उजुरी परेको उनले बताए। सबैभन्दा बढी उजुरी उपत्यकाका प्रहरी कार्यालयमा र कम कर्णाली प्रदेशमा परेको देखिएको छ। डीआईजी ढकालका अनुसार, बैंकिङ कसुरबाहेक अरू विभिन्न अपराधमा उजुरी परेका थिए।

प्रकाशित: १५ चैत २०८० १४:१८ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast