१५ हजार घूससहित वडा अध्यक्ष पक्राउ

हिमाल प्रेस १८ चैत २०८० १७:५९
१५ हजार घूससहित वडा अध्यक्ष पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीलाई पक्राउ गरेको छ। घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई १५ हजार रकमसहित रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १८ चैत २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast