१० जनालाई प्रज्ञा पुरस्कार

हिमाल प्रेस २ चैत २०८० १५:२५ | Friday, March 15, 2024
१० जनालाई प्रज्ञा पुरस्कार

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानले भाषासाहित्यका क्षेत्रमा लामो समयदेखि सक्रिय १० जनालाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले प्रदान गर्दै आएका पुरस्कारमा सामान्य संशोधन र केही पुरस्कार थप गर्दै यस १० जनालाई पुरस्कृत गर्ने निर्णय भएको जनाएको छ। प्रतिष्ठानले शुक्रबार जारी गरेको विज्ञप्तिमा खगेन्द्र संग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार प्रदान गर्ने निर्णय भएको उल्लेख छ। यसैगरी प्रज्ञा दर्शन पुरस्कार मोहनविक्रम सिंहलाई प्रदान गर्ने निर्णय भएको छ।

शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रज्ञा भाषा पुरस्कार देवीप्रसाद गौतम, प्रज्ञा साहित्य पुरस्कार (पद्य) बम देवान, प्रज्ञा साहित्य पुरस्कार (गद्य) राजव, प्रज्ञा बालसाहित्य पुरस्कार गंगा कर्माचार्य र प्रज्ञा अन्तर्देशीय पुरस्कार पदम विश्वकर्मालाई दिइने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रत्येक वर्ष दिइने यी पुरस्कारको राशि जनही एक लाख रपैयाँ छ। प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट योगेन्द्रमान प्रधानांग र बेचन उराँव यसअघि नै पुरस्कृत भइसकेका छन्।

प्रकाशित: २ चैत २०८० १५:२५ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast