काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९ पैसा छ।
कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
राष्ट्र बैंकले आजको लागि यूएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा र बिक्री दर २८ रुपैयाँ २ पैसा रहेको छ।
त्यसैगरी दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा रहेको छ।

                            प्रकाशित: १८ फागुन  २०८० ७:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

