हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

हिमाल प्रेस १२ चैत २०८० ११:२४ | Monday, March 25, 2024
हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप प्रतिनिधिमूलक तस्बिर

हुम्ला- हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा-रुबेलाविरुद्धको खोप लगाएका छन्। सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो।

जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए। ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए।

हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ। बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई हजार पाँच सय २३ रहेको छ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताए।

जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा-रुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन्। जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा-रुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन्।

प्रकाशित: १२ चैत २०८० ११:२४ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast