 
                             
                                            सुर्खेत – हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
भारी हिमपातका कारण केही दिनदेखी सम्पर्क बिहिन गिडिदह भन्दा माथि लेकमा फसेकाहरू लाई कर्णाली प्रदेश सरकारको तर्फबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीले बताएका छन्।
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका तातोपानी गाउँपालिका वडा नम्बर ७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावतसहित ८ जनालाई उद्धार गरिएको मन्त्री जीसीले जानकारी दिए।

                            प्रकाशित: २३ फागुन  २०८० १९:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 