हलमा ‘महाजात्रा’

हिमाल प्रेस ९ चैत २०८० १०:५५ | Friday, March 22, 2024
हलमा ‘महाजात्रा’

काठमाडौँ- प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महाजात्रा’ बिहानदेखि प्रदर्शन भइरहेको छ। नेपालसँगै विदेशमा पनि शुक्रबारदेखि फिल्म प्रदर्शन भएकाे हो।

नेपालमा  अग्रिम बुकिङ खुलेदेखिनै उत्साहजनक टिकट बिक्री भइरहेको निर्माण टिमले जनाएको छ।

क्यूएफएक्सले देशभरका पर्दामा ६७ सो दिएको छ। आईएनआई, बिग मुभिज, क्युज सिनेमाज, बीएसआर, एफक्यूब, सिडिसी, रञ्जना, कीर्तिपुर, सीके, वान सिनेमाजलगायतले पनि उत्साहजनक शो दिएको छ।

फिल्ममा आकस्मिक प्राप्त पैसा व्यवस्थापन गर्न आइपर्ने समस्यालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्।

योसँगै हलमा ‘अगस्त्य’, ‘रङ्गेली’, ‘उपहार’, ‘योद्धा’, ‘सैतान’, ‘ड्युन २’लगायत फिल्म चलिरहेको छ।

प्रकाशित: ९ चैत २०८० १०:५५ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast