स्टुडियो थिएटरमा ‘कि कुमार जेलमा कि कुमार रेलमा’

हिमाल प्रेस १५ चैत २०८० १३:२८ | Thursday, March 28, 2024
स्टुडियो थिएटरमा ‘कि कुमार जेलमा कि कुमार रेलमा’

काठमाडौँ- पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ मञ्चन हुँदैछ। नाटक चैत १६ अर्थात् भोलिदेखि मञ्चन हुन लागेको हो।

नाटकका निर्देशक सुरजले प्रेस विज्ञप्ति जारी गर्दै नाटक मञ्चन गर्न लागेको जानकारी दिएका हुन्। नाटक विराटनगर इलाका प्रहरी कार्यालयको हिरासतमा गत १४ अप्रिल २०१९ मा ज्यान गुमाएका १५ वर्षीय दलित बालक किरण कार्की ढोलीको मृत्युको घटनामा आधारित रहेको विज्ञप्ति उल्लेख छ।

‘नाटकको पहिलो भागले प्रहरी चौकी र शवगृहको दायरा भित्र रहेर जातीय हिंसा, पुरुषत्व र शक्तिका मुद्दा र नेपाली समाजको अन्वेषण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ। ‘दोस्रो भागले काल्पनिक रूपमा मुर्ख त्रासदीको विरुद्ध किरणको छोटो जीवन र नर्तक बन्ने सपनाको उत्सव मनाउँछ।’

मझुवा बगर जनकला मञ्चको प्रस्तुति रहेको नाटक वैशाख २ गतेसम्म मञ्चन हुनेछ। नाटकको अवधि १ घण्टा ३० मिनेटको छ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे नाटक मञ्चन हुनेछ।

प्रकाशित: १५ चैत २०८० १३:२८ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast