स्कुले छात्राको भाइरल तस्बिरमाथि ओलीको टिप्पणी : स्वदेशमै सेवा गर्न खोज्नु सकारात्मक

हिमाल प्रेस ७ चैत २०८० ९:३७ | Wednesday, March 20, 2024
स्कुले छात्राको भाइरल तस्बिरमाथि ओलीको टिप्पणी : स्वदेशमै सेवा गर्न खोज्नु सकारात्मक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश जानु नराम्रो नभएपनि स्वदेशमै उद्यम र सेवा गर्नु त्योभन्दा राम्रो भएको बताएका छन्।

स्कुलको बिदाइ समारोहमा आफ्नो पोसाकमा १० वर्षभित्र सह-सचिव बनेर सेवा गर्ने एक विद्यार्थीको फोटो शेयर गर्दै अध्यक्ष ओलीले त्यो सकारात्मक इच्छा भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘यी नानी लगायत हजारौँ विद्यार्थी एसईई परीक्षाको तयारीमा छन्। यिनले स्कुलको बिदाइ समारोहमा आफ्नो पोसाकमा १० वर्षभित्र सह-सचिव बनेर सेवा गर्ने लेखेकी छिन्। यो सकारात्मक इच्छा हो। गतवर्ष यही समयमा ‘विदेशमा भेटौँला’ भन्ने लेखिएको तस्बिर देखेको थिएँ। विदेश जानु पनि नराम्रो होइन, तर स्वदेशमै उद्यम र सेवा गर्नु त्यो भन्दा राम्रो हो।’

अध्यक्ष ओलीले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिएका छन्।

प्रकाशित: ७ चैत २०८० ९:३७ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast