सुन तस्करी प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि विभागीय कारबाहीको तयारी, बन्यो समिति

हिमाल प्रेस ११ चैत २०८० १५:४४ | Sunday, March 24, 2024
सुन तस्करी प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि विभागीय कारबाहीको तयारी, बन्यो समिति गृह मन्त्रालय

काठमाडौँ – सुन तस्करीको छानबिनमा हेलचक्राइँ गर्ने प्रहरी अधिकारीमाथि छानबिन सुर भएको छ। सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको हो। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका छन्। समितिमा डीआईजी भीम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन्।

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । समितिले कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे निर्णय गर्नेछ। यही प्रकरणमा सीआईबीका चार इन्स्पेक्टरलाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ। उनीहरुलाई शुक्रबार सीआईबीबाट हटाइएको हो।

प्रकाशित: ११ चैत २०८० १५:४४ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast