सीआईबी
काठमाडौँ– सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो सीआईबीका चारजना इन्स्पेक्टर पनि छानबिनमा तानिएका छन्। विद्युतीय चुरोट भेपमा राखेर ६० किलो बढी सुन तस्करीको घटनाको अनुसन्धानमा हेलचक्राइँ गरेको आरोपमा उनीहरु यस प्रकरणमा मुछिएका हुन्। यही प्रकरणमा सीआईबी प्रमुखसमेत रहेकी किरण बज्राचार्य, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल यसअघि नै प्रहरी प्रधान कार्यालय तानिइसकेका छन्।
चार इन्स्पेक्टर सुरेश खत्री, रन्जित लामा, वकिल सिंह र कृष्ण श्रेष्ठलाई शुक्रबार सीआईबीबाट हटाइएको हो। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी अधिकारीको कमजोरी औंल्याउँदै उनीहरुमाथि छानबिन गर्न भनेको थियो ।
प्रकाशित: ११ चैत २०८० १४:२६ | Sunday, March 24, 2024
प्रतिक्रिया





