सुन तस्करी प्रकरणमा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्

हिमाल प्रेस २ चैत २०८० १३:५० | Friday, March 15, 2024
सुन तस्करी प्रकरणमा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् फाइल तस्बिर

काठमाडौँ– सुन तस्करी प्रहरणमा उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक डाकेका छन्। सुनकाे अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफलका लागि प्रचण्डले शुक्रबार साँझ ५ बजे मन्त्रिपरिषद्काे बैठक बस्दैछ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफलपछि मन्त्रिपरिषद् बोलाइएको हो।

यो बैठकले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनअनुसार कारबाही अघि बढाउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिने तयारी प्रधानमन्त्रीले गरेका छन्।

पुनरावेदन अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बिहीबार गृहमन्त्री लामिछानेलाई बुझाएको थियो। त्यही प्रतिवेदन लिएर गृहमन्त्री लामिछाने शुक्रबार बालुवाटार पुगेका थिए।

जाँचबुझ आयोगको प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यसहितमाथि कारबाही चलाउनुपर्ने निष्कर्ष दिएको छ।

चीनबाट ल्याएर विमानस्थल भन्सार छल्दै बाहिर निकालिसकिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको कुरा प्रतिवेदनमा उल्लेख रहेको गृहमन्त्री लामिछानेले नै बताइसकेका छन्।

गृहमन्त्री र आईजीपीको गोप्य बैठकमा के भयो कुराकानी?

प्रकाशित: २ चैत २०८० १३:५० | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast