काठमाडौँ- सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: १५ चैत २०८० ११:०७ | Thursday, March 28, 2024
प्रतिक्रिया




