सुनकोशीमा डुबेका तीन बालबालिकाको मृत्यु

हिमाल प्रेस १४ चैत २०८० १७:२२ | Wednesday, March 27, 2024
सुनकोशीमा डुबेका तीन बालबालिकाको मृत्यु बेपत्ता खोजीका लागि खटिएका सुरक्षाकर्मी।

काठमाडौँ– उदयपुरमा गत चैत ११ गते आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ। जिल्लाको त्रियुगा नगरपालिका १४ साउने बजारका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

बेपत्तामध्ये रिदम मगरको शव मंगलबार घटना स्थलभन्दा एक किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको थियो। रेखा मगरको शव घटनास्थलदेखि दुई किलोमिटर तल सिम्लेमा बुधबार फेला परेको हो भने लोकबहादुरको शव घटनास्थलभन्दा एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डको ११ सदस्यीय आधुनिक बोटसहितको गोताखोरको टोरी र नेपाल प्रहरीसँगै स्थानीयवासी जुटेका थिए।

प्रकाशित: १४ चैत २०८० १७:२२ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast