सिटौलाले भने : राष्ट्रियसभालाई प्राविधिक रुपमा मात्रै राखेर हुँदैन

हिमाल प्रेस २९ फागुन २०८० १५:२१ | Tuesday, March 12, 2024
सिटौलाले भने : राष्ट्रियसभालाई प्राविधिक रुपमा मात्रै राखेर हुँदैन तस्बिर : हिमालप्रेस

काठमाडौँ– नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रियसभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडि जान नसक्ने बताएका हुन्।

उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउन आवाज उठाउने उल्लेख गरे। उनले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको भन्दै राज्य सञ्चालकहरूले जनताको हितमा काम गर्नुपर्ने बताए।

कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको आवाज उठाइने उनले बताए।

प्रकाशित: २९ फागुन २०८० १५:२१ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast