काठमाडौँ- जनमत पार्टीका सांसद गोमालाभ सापकोटालाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।
सांसद सापकोटा निलम्बन गर्न सो पार्टीले अनुशासन उलंघन गरेको भन्दै फागुन २७ गते पत्र पठाएको हो।
सापकोटा सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट साधारण सदस्य समेत नरहने गरी निष्कासनमा परेकी थिइन्।
लगत्तै जनमतले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार संघीय संसद् सचिवालयलाई समेत पत्र पठाउँदै सांसद पदबाट हटाउन सिफारिस गरेको थियो।
शेखर अधिकारीले पत्र संसद् सचिवालयमा आइपुगेको पुष्टी गरे। अब कानुन बमोजिम सभामुखले अघि बढाउने उनको भनाइ छ।
प्रकाशित: ३० फागुन २०८० ११:१२ | Wednesday, March 13, 2024
प्रतिक्रिया




