सर्वोत्तम सिमेन्टको सेयरमा लगातार पाँचौँ दिन पोजेटिभ सर्किट

हिमाल प्रेस १३ चैत २०८० १३:२९ | Tuesday, March 26, 2024
सर्वोत्तम सिमेन्टको सेयरमा लगातार पाँचौँ दिन पोजेटिभ सर्किट

काठमाडौँ- सर्वोत्तम सिमेन्ट कम्पनीको दोस्रो सेयर बजारमा लगातार पाँचौँ दिन पनि पोजेटिभ सर्किट लागेको छ। नेपालमा पहिलो पटक बुक बिल्डिंग मार्फत प्राथमिक सेयर निस्कासन गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको दोस्रो सेयर बजारमा लगातार पाचौँ दिन आज पनि पोजेटिभ सर्किट लागेको हो।

मंगलबार कम्पनीको सेयर मूल्य ८१.३० रुपैँया बढेर प्रति कित्ता ८९५.१० रुपैया पुगेको छ। बजार खुलेको केहि समयमै उक्त कम्पनीको सेयर ९.९९ प्रतिशत ले बढेको हो।

सोमबार कम्पनीको अन्तिम सेयर मूल्य प्रति कित्ता ८१३.८० रुपैया कायम भएको थियो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो।

सर्बोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा पहिलो कारोबार ५५६ रुपैँया बाट सुरु भएको पहिलो दिन मै पोजेटिभ सर्किट लागेर प्रति कित्ता सेयर ६११.६० रुपैँया पुगेको थियो।

प्रकाशित: १३ चैत २०८० १३:२९ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast