सर्वोत्तम सिमेन्टको सेयरमा पोजेटिभ सर्किट कायमै

हिमाल प्रेस १२ चैत २०८० १३:०७ | Monday, March 25, 2024
सर्वोत्तम सिमेन्टको सेयरमा पोजेटिभ सर्किट कायमै

काठमाडौँ- नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत प्राथमिक सेयर निस्कासन गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको दोस्रो सेयर बजारमा लगातार कारोबारको चौँथो दिन पोजेटिभ सर्किट लागेको छ।

सोमबार कम्पनीको सेयर मूल्य बढेर प्रति कित्ता ८१३.८० रुपैया पुगेको छ। बजार खुलेको केही समयमै उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको हो।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो। जसको दोस्रो सेयर बजारमा पहिलो कारोबार ५५६ रुपैँया बाट सुरु भएको पहिलो दिन  पनि सर्किट लागेर ६११.६० रुपैयाँ पुगेको थियो।

प्रकाशित: १२ चैत २०८० १३:०७ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast