सर्‍यो राप्रपाको प्रदर्शन

हिमाल प्रेस २९ फागुन २०८० ८:५६ | Tuesday, March 12, 2024
सर्‍यो राप्रपाको प्रदर्शन फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राप्रपाले सरकारविरुद्ध प्रदर्शन गर्ने तय भएको कार्यक्रमको मिति परिवर्तन भएको छ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले फागुन १६ गतेका लागि तय भएको काठमाडौँ केन्द्रित प्रदर्शन नगरेर फागुन २७ गतेका लागि सारेको हो।

एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिइ काठमाडौं केन्द्रीत जनप्रदर्शनको मिति सारिएको सो पार्टीले जनाएको छ।

‘राप्रपाले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत् निर्णय रहेकोमा मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २९ फागुन २०८० ८:५६ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast